बारामा भारतीय युवकको गोली हानी हत्या
बारा, १० असोज । बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या भएको छ ।
भारतको मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहको गोली हानी हत्या भएको हो । उनको हत्या बाराको पचरौता नगरपालिका(६ लक्ष्मिनियास्थित पोखरी नजिक भएको हो ।
दुई वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी उनीहरु भारततर्फ भागेका छन् ।
घटना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक थान गोली बरामद गरेको बारा प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीलेनै उनी माथि गोली चलाएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोली हानी हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्