नेपाल प्रहरीका ४ सहायक हवल्दार र १८ जवान सम्पर्कविहीन
काठमाडौं। नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका चार जना सहायक हबल्दारसहित २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
कार्यालयले आज ९बुधबार० सूचना जारी गर्दै सम्पर्कविहीन भएका चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन निर्देशन दिएको हो ।
उनीहरुको नाम र कार्यरत ठेगानासहित प्रहरी प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर कार्यालयमा हाजिर हुन आउन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #नेपाल प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्