मंगोलियाविरुद्ध नेपालको शानदार जित
काठमाडौं, १० असोज । नेपालले १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा शानदार विजयी सुरुवात गरेको छ । बुधबार बिहान नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो ।
नेपालले दिएको ३ सय १५ रनको विश्वकीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।
नेपालको जितमा करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।
नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका थिए ।
नेपालले अब एसियाली खेलकुदमा आइतबार माल्दिभ्सविरुद्ध खेल्ने छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #मंगोलियाविरुद्ध नेपालको शानदार जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्