लम्पी स्किन रोग विरुद्धको खोप प्रभावकारी
काठमाडौँ, । लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नै रहेको छ । कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रालिले विभिन्न मुलुकबाट खरिद गरि ल्याएको खोप गुणस्तरिय र मापदण्ड अनुसार नै रहेको जनाईका् छ ।
डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न भ्रामक समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुपंक्षिमा लाग्ने लम्पी स्किन विरुद्धको खोप गुणस्तर रहेको डिस्ट्रिव्युर्टसका प्रमुख कार्यकारी अधिकृत ऋषि बडालले जानकारी दिए ।
“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप विक्रि भई किसान समक्ष जादा उक्त खोपहरु प्रयोगमा आय पश्चात कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको व्यहोरा स्वय सिद्ध छ”उनले भने “ उत्पादनकर्ता अन्तराष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हुँदा विगत ३० बर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रहदैन ।
” कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरुलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्यात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिए ।
यसैगरी कम्पनीले यहि असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ । नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप ल्याउने तीन वटा कम्पनी रहेका छन । कम्पनीले ती तीन कम्पनीभन्दा सस्तो दरमा खोप उपलब्ध गराउदै आएको छ ।
प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप महामारी आएपनि पशुपालक किसानलाई राहत हुने गरि कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #लम्पी स्किन रोग विरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्