प्रधानमन्त्री दाहाल बेइजिङबाट चोङछिङमा, राजनीतिक भेटघाट र कृषि क्षेत्रको अवलोकनमा व्यस्त
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणको क्रममा बेइजिङबाट चोङछिङ नगर पुग्नुभएको छ । उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टीको उक्त नगर कमिटीका सचिव तथा केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य युआन जियाजुनले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्री नेतृत्वको नेपाली टोली र चिनियाँ प्रतिनिधिमण्डलको उपस्थिति रहेको बताइएको छ ।
हिजो चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग भएको भेटवार्ता र द्विपक्षीय छलफलपछि आज बिहान संयुक्त वक्तव्य जारी गरिएको छ । उहाँ कृषिसम्बन्धी एकेडेमीको अवलोकन गर्न चोङछिङ जानुभएको हो । कृषिको व्यावसायीकरण र औद्योगीकरणबारे जानकारी लिन जानुभएका प्रधानमन्त्रीले त्यहाँको खेत र कृषिको समेत अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल र उहाँको टोलीको सम्मानमा चोङछिङका सचिव जियाजुनले रात्रिभोजको आयोजना गर्नुभएको छ । उहाँ भोलि ल्हासा जाने त्यसको भोलिपल्ट कैलाश पर्वत घुमेर आगामी शनिबार छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।
ल्हासामा रहँदा त्यहाँ पनि चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेताहरुसँग भेटघाट हुने बताइएको छ ।
उहाँ गत शनिबार अमेरिकाको न्युयोर्कबाट सोझै हाङ्चौ पुग्नुभएको हो । सोही दिन राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेपछि राति १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्