डाक्टरमाथि कुटपिट भएको विरोधमा प्रदर्शन
काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।
चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आफूहरूलाई सुरक्षा दिनुपर्ने, आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन । उनीहरूले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन लगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट गरेपछि मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्