जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं, ९ असोज । काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिक-(२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्