भीरबाट लडेर घाइते भएका छेवाङ्गको सांसद राजेन्द्र बजगाईंद्धारा उद्दार
गोरखा । चुमनुव्री गाउँपालिका २ स्यो गोरखाका छेवाङ दोर्जी वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
सोमबार लडेका वृद्ध दोर्जीको आज बिहान उद्धार गरिएको सांसद राजेन्द्र बजगाइले जानकारी दिनुभयो । ८० वर्षीय वृद्धको उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेको उहाँको भनाइ छ । वृद्धको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बजगाइले बताउनुभयो ।
मनास्लु संरक्षण क्षेत्र भएकोले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ ।
निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्