गोरखा कालोपत्रे सडकमा पाँच दिन भित्र भाडा समायोजन गर्न वाइसीएलको अल्टिमेटम
गोरखा ८ असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएल गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गरेको छ ।
जिल्ला प्रसासन कार्यलय गोरखामा आज वाइसीएलले सार्वजनिक सवारी भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको हो । आम सर्वसाधरणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेको छ ।
गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहि आएको भन्दै पक्कीको भाडादर तोक्न वाइसीएलले माग गरेको हो ।
वाइसीएलले पटक पटक जिल्ला प्रशासन कार्यलय, सरोकारवाला पक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत वेवास्ता गरिएकोले अब तत्काल माग सम्बोधन नभए कडासंघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । प्रसासनलाई बुझाएको अल्टिमेटम पत्रमा सिरानचोक गा। पा ६, महटारबाट करिव १५ किलोमिटर दुरीमा रहेको १२ किलो बजारको बसभाडा प्रति ब्यक्ति १६० रुपैया लिदै आएको उदाहरण समेत पेश गरेको छ ।
सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बस्नु लुटको प्रसासन निरीह बनेको र प्रसासन बिहिनताको आभास जनतामा भएको उल्लेख्य गरिएको छ । अल्टिमेटम पत्रमा सार्वजनिक सेवाको नाममा मनोमानी भाडा लिने कामलाई ५ दिन भित्रमा सरोकारवालाहरुले कानुन बमोजिम नयाँ भाडा दर कायम नगरिए चरणबद्ध रुपले सम्पुर्ण सार्बजनिक यातयात बन्दसम्मको संघर्षको कार्यक्रम अगाडी बढाउने चेतावनी वाइसीएलले दिएको छ ।
साथै वाइसीएलले संघर्षको कार्यक्रमले घोषणा गर्नुपरे सर्वसाधारणमा पर्न जाने असुविधा र घट्नसक्ने सबै घटनाको जिम्मेबारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी समेत दिएको छ । वाइसीएल गोरखाका सयोजक सागर श्रेष्ठको नेतृत्वमा प्रसासन पुगेको टोलीले साहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानालाई अल्टिमेटम पत्र बुझाएको हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्