दाजुको हत्या गरी फरार आरोपित तीन दिनपछि पक्राउ
बझाङ । दाजु नाता पर्नेको हत्या गरी फरार आरोपित घटनाको तीन दिनपछि पक्राउ परेका छन् ।
शुक्रबार साँझ छबिसपाथीभेरा-७ का ६० वर्षीय जैलु मण्डेललाई चक्कु प्रहार गरी फरार रहेका सोही ठाउँका बिजुली मण्डेल पक्राउ परेका हुन् । जैलुको घटनास्थलमै मृत्यु भएको थियो ।
जंगलमा लुकिरहेका उनलाई स्थानीय र प्रहरीले पक्राउ गरेका हुन् । जंगलमा स्थानीय र प्रहरीको घेराबाट फुत्केर नजिकैको गाउँस्थित लक्षिमन मण्डेलको घरमा पुगेका बेला सोमबार बिहान साढे ६ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।
शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका उनलाई खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि सक्रिय रहेको भए पनि भेटाउन सकेका थिएनन् ।
सोमबार बिहान बिजुलीले आफ्नो छोरालाई फोन गरेपछि उनी लुकेको ठाउँमा घेरा हालिएको थियो । उनलाई अहिले सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्