प्रधानमन्त्री दाहालद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण
काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
यो स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरीएको हो । १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो।
यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ।
स्मारक नोभेम्बर ३०, १९४९ मा पारित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण सत्रको प्रस्ताव अनुसार निर्माण गरिएको थियो, जसको निर्माण अगस्ट १९५२ देखि मे १९५८ सम्म चलेको थियो।
स्मारकका वास्तुकार लियाङ सिचेङ थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्