एनआरएनए माल्टाको पहलमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न
माल्टा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाको पहलमा युरोपको माल्टामा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । यही सेप्टेम्बर २३ र २४ तारीख संचालन भएको २ दिने घुम्ति सेवा अन्तर्गत ७६० जनाले पासपोर्ट नबिकरण, १५ जनाले मन्जुरिनामा र अन्य केहि व्यक्तिहरुले महत्वपुर्ण सिफारिसहरुको सेवा सुबिधा लिन सफल भएका हुन् । नेपाली राजदुतावास युके र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाको सहकार्यमा माल्टाबासी नेपालीहरुको राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाले यस कार्यलाई ऐतिहासिक कार्यको रुपमा लिएको एन आरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले बताएका छन् । उनले छोटो समयमा गरिएको काममा केहि प्राविधिक त्रुटिहरु हुँदाहुँदै पनि एन आरएनए माल्टाले पहिलो पटक यति धेरै राहदानी नवीकरण गर्नु हाल सम्मको विश्वमा नै पहिलो भएको दाबी गरेका छन् ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाले माल्टाबासी नेपालीहरुको सेवाकै लागि काम गर्दै गर्दा कहिकतै गल्ति कमजोरी भएकोमा क्षमा याचन गर्दै यस अभियानले अझै सिक्ने मौका मिलेको र अबका दिनमा झनै परिपक्व तरिकाले अगाडि बढ्ने जानकारी दिएका छन् । संस्थाले यो कार्यलाई सफल बनाउन अहोरात्र खटिने कार्यसमितिका पदाधिकारी , बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तित्व ,सामाजिक अभियन्ता संस्थाका सल्लाहकार राजदूतावासबाट आउनु भएका दुतावासका कर्मचारीहरु लगायत सम्पुर्णमा कृतज्ञता समेत प्रकट गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एनआरएनए माल्टा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्