नेपाल र चीनबीच १३ बूँदे सम्झौता
काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १३ बूँदे सम्झौता भएको हो ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र छ्याङको उपस्थितिमा बीआरआई अन्तर्गतका विभिन्न आयोजनाको कार्यान्वयन, वयापार, विद्यतु तथा सडक पूर्वाधार, कुषि, विकास आयोजना, सीमानाका व्यवस्थापन तथा नेपालमा चिनियाँ सहयोगलगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो
दुई देशबीच भएका सम्झौतालाई संयुक्त वक्तव्य मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको छ । यसअघि चिनियाँ प्रधानमन्त्री छ्याङले प्रधानमन्त्री दाहाललाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नुभएको थियो भने भने चिनियाँ सेनाको एउटा टुकडीले थियानमन स्क्वायरमा प्रधानमन्त्री दाहाललाई सलामी दिएको थियो ।
दुई पक्षीय वार्ता सुरु हुनुअघि चिनियाँ प्रधानमन्त्री छ्याङले छोटो मन्तब्य दिंदै नेपाल–चीन सम्बन्धमा नयाँ उर्जा थपिएको महसुश भएको बताउनु भएको थियो । यसअघि प्रधानमन्त्री दाहालले सोमबार बिहान चिनियाँ संसद जनकंग्रेसका अध्यक्ष चाओ लचिसँग पनि भेट गर्नुभएको थियो ।
बेइजिङस्थित ग्रेट हल अफ् द पिपुल्समै उहाँहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट तिब्बत जाने कार्यक्रम छ ।
गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल र चीनबीच १३ बूँदे सम्झौता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्