एक किलो चरेससहित दुई जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिका-१८ थापाघाटमा एक किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
शनिबार साँझ सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीबाट सहायक प्रहरी नायब निरीक्षक दासीराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको अवस्थामा उक्त चरेस बरामद गरेको हो ।
से. ५ प ८१४० नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगर- १८ एफ गाउँ बस्ने २४ वर्षीय केदार बोहरा र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका हुन् । उनीहरुको साथबाट कालो प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी एक किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्