प्रधानमन्त्री दाहाल आज चीनको राजधानी बेइजिङ जाँदै
काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार चिनियाँ राजधानी बेइजिङ जाँदै हुनुहुन्छ ।
न्युयोर्कबाट बनिबार बिहान चीनको हाङचउ पुग्नुभएका प्रधानमन्त्री दाहालले ह्याङचउमै शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आइतबार बिहान ९ बजे ह्याङचउबाट बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बेइजिङ पुगेपछि अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा सहभागी हुने कार्यक्रम रहेको छ । समिटमा चीनका उच्चस्तरीय अधिकारीहरु र नेपाली उद्योगी व्यवसायीहरु सहभागी हुनेछन् । साँझ ६ बजे बेइजिङस्थित नेपाली राजदूतावासले दिने रात्रीभोजमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच सोमबार दुई पक्षीय वार्ता हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्