भेटेरेन्स फुटसल प्रतियोगिताको उपाधी एडभान्स क्लब मानेभञ्ज्याङलाई (तस्बिरहरु)
खांदबारी । संखुवासभाको खांदबारीमा स्वर्गीय मान बहादुर तथा प्रदिप गुरुङको स्मृतिमा आयोजित एक दिवसीय भेटेरेन्स फुटसल प्रतियोगीताको उपाधि एडभान्स क्लव मानेभन्ज्याङले जितेको छ ।

शनिबार भएको प्रतियोगीताको फाइलनमा खाँदबारी युवा क्लवलाई ७–२ गोल अन्तरले पराजित गर्दै एडभान्स क्लव मानेभन्ज्याङले उपाधि जितेको हो ।
उपाधिसंगै एडभान्स क्लव मानेभन्ज्याङले २० हजार नगद प्रमाणपत्र र शिल्ड हासिल गरेको छ भने उपबिजेता खाँदबारी युवा क्लवले १० हजार नगदमा चित्त बुझाएको छ । त्यस्तै तेश्रो हुने खाँदवारी वडा नंवर ४ ले पनि नगद रु ५ हजार प्राप्त गरेको छ ।

बिजयी टोलीलाई हेल्पिङ ह्याण्ड्सका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगीतामा कुल ९ टिमको सहभागीता रहेको थियो । सामाजिक सद्भावका लागि युवा एकता–विकृति बिसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नाराका साथ अनुरोध फुटसल, सूर्य बोडिङ स्कुल खाँदबारी १ सिर्जनानगरी संखुवासभाले प्रतियोगीताको आयोजना गरेको हो ।


क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #अनुरोध फुटसल, #खाँदबारी नगरपालिका, #संखुवासभा, #सुर्य बोर्डिङ्ग स्कुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्