दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना घाइते
दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । दुई जना सिकिस्त घाइते भएका छन् ।
शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही स्थानकी ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।
आफ्नै घर अगाडि उभिरहेको अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय वृद्धा कमलाकुमारी हमाल सिकिस्त घाइते भएका छन् ।
घाइते दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई निजकैको घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #खुकुरी प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्