Techie IT
मंगलबार, माघ २९,२०८१

नयाँ बसपार्कमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर -एसएसपी सुवेदी


सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने बताए ।

गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि प्रहरी कठोर रुपमा उभ्भीने भएको छ ।

‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभ्रिने भएको छ ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका छन ।

सोही अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए । ‘

काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल होटल व्यवसायी सङ्घका महासचिव गणेश ढकाललगायतले नयाँ बसपार्क क्षेत्रमा विकराल रुपमा रहेको होटल गाइड हटाउन आफ्नो सङ्घ लागेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #नयाँ बसपार्क


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545