मनकामना अस्पताल तुम्लिङटारमा विशेषज्ञ सहितको स्वास्थ जाँच सेवा सुरु (तस्बिरहरू)
खांदबारी- संखुवासभाको खांदबारी – ९ तुम्लिङ्गटारमा रहेको मनकामना अस्पतालमा विशेषज्ञद्वारा स्वास्थ्य जाँच सेवा संचालन गरिएको छ ।

हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताल चावाहिका अध्यक्ष डा गुप्त बहादुर श्रेष्ठको संयोजकत्वमा दुई दिने स्वास्थ्य जाँच सेवा संचालन गरिएको हो । स्वास्थ्य जाँच सेवा प्रदान गर्न हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालका अन्य विशेषज्ञहरु पनि खटिएका छन् । स्वास्थ्य जाचका क्रममा गरिव, विपन्न तथा असाहय विरामीहरुका लािग स्थानीय निकायको सिफारिसका आधारमा छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्य जाचका क्रममा पेट तथा कलेजो रोग, इन्डोस्कोपी सेवा, प्रसुती तथा स्त्री रोग, निशुल्क दन्त परिक्षण, निशुल्क पाठेघरको मुखको परिक्षण र निशुल्क आँखा परिक्षण गरि चस्मा बितरण हुने बताइएको छ । हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताल चावाहिका अध्यक्ष श्रेष्ठले हेल्पिङ्ग ह्याण्ड्सले नै अस्पतालाई आवश्यक सेवा प्रदान गरिरहेको र समय समयमा विशेषज्ञद्वारा नै सेवा दिने गरेको बताउनुभयो ।

हेल्पिङ्ग ह्याण्ड्सका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालमा विशेषज्ञद्वारा स्वास्थ्य जाच सेवा संचालन गरिएको बताउनुभयो । शुक्रवार देखि सुरु भएको विशेषज्ञद्वारा स्वास्थ्य जाच सेवा शनिबारसम्म चल्ने बताइएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #तुम्लिङटार, #नारायण श्रेष्ठ, #मनकामना अस्पताल, #विशेषज्ञ डाक्टर सहितको सेवा, #संखुवासभा, #हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्