सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ ।
वार्ता गृह मन्त्रालयमा सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो ।
वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे संशोधनको माग राख्दै आएका छन् । बिहीबार पनि शिक्षकहरु र सरकारबीच दुई चरणमा वार्ता भएकमो थियो । तर विना निष्कर्ष टुंगिएको थियो । दुबै पक्षबीच आज बिहान वार्ता हुने भनिएकोमा आन्तरिक छलफल गर्ने भनेर समय सारिएको थियो ।
शिक्षकहरुले सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग राखेका छन् । बिधेयकमा आफूहरुले उठाएका माग संबोधन भए या विधेयक फिर्ता लिए मात्रै तत्कालका लागि आनदोलन फिर्ता हुनसक्ने शिक्षक संगठनहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्