टिकटक स्टार खोज्दै नयाँबसपार्कको कान्तिपुर मल
काठमाडौँ । झण्डै दुई दशकदेखि नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले डिजीटल दुनियालाइ अझ फराकिलो बनाउनको लागि चाडपर्वको अवसरमा टिकटक स्टार पुरस्कार योजना सार्वजनिक गरेको छ । मलले उक्त योजनामा सरिक हुनको लागि मलको फेसबुक पेजबाट गरिएको विज्ञापनका सामाग्री साभार गरेर वा स्वयम् गएर प्रचार प्रसार हुने सामाग्री बनाएर मलको टिकटक अकाउन्ट कान्तिपुरमलमा ह्यास ट्याग गरि मेन्सन गर्नु पर्ने जनाएको छ ।
उक्त कार्य गर्दा बढी फलो भन्दापनि बढी हेराइ र रोजाइ भएको कन्टेन्टलाइ मान्यता दिइने हुँदा टिकटक खाता भएका आम नेपाली नागरिकले यो योजनामा सरिक हुन आग्रह गरेको छ । मलले उत्कृष्ट हेराइको आधारमा प्रथम द्धितिय र तृतिय हुनेलाइ नगद रु १५ हजार, १० हजार र ५ हजार तथा जिन्सि सामाग्री दिने बताएको छ । मलका महाप्रबन्धक अमर निरौलाले पछिल्लो समय देशको राष्ट्रिय बसपार्कमा रहेको कान्तिपुर मल आम उपभोक्ताको रोजाईको मल बन्दै आएको बताउनुभयो । कान्तिपुर मलले विगत १६ वर्षदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजनासमेत सञ्चालन गर्दै आएको छ ।
मलले रु एक हजारभन्दा बढी रकमको सामान खरीद गर्ने ग्राहलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ । उक्त पुरस्कार आगामी मङ्सीर ११ गते खोलेर विजयी घोषणा गरिने महाप्रबन्धक निरौलाले बताउनुभयो । विस २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलभित्र कपडा, इलेक्ट्रिक, सुविधासम्पन्न रेष्टुरेन्ट, होलसेलका २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्