दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ
महोत्तरी । महोत्तरीको जलेश्वरबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित बिहीबार दुई युवकलाई पक्राउ गर्नुभएको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका ७ बस्ने २३ वर्षीय जिवन तामाङ र महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।
जलेश्वर १ स्थित महादेव मन्दिर नजिक बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकप गाडिलाई शङ्काको आधारमा चेकजाँच गर्दा गाडीभित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक गिरीले जनाउनु भयो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिनुभएको हो।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्