बारामा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु
वीरगंज । कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका-१ भलुहीमा बुधवार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
वीरगंजबाट कलैयातर्फ आउँदै गरेको प्र।०२–०३–०१७ प ७९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२३ बैराठपुर बस्ने २३ वर्षीय श्रीभगवान पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा सिकिस्त घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्