प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं महानगरपालिका वडा नं ४ धुम्रबाराहीमा अवस्थित प्रोलिफिक मा.वि.मा भाद्र ३१ गते देखि आयोजना गरेको छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा Mount Glory Int’l स्कुलले प्रथम स्थान हासिल गर्यो भने Green Field स्कुलले द्वितीय स्थान हासिल गरेको थियो र New Knowledge स्कुलले तृतिय पुरस्कार स्कुलले हासिल गरेको थियो । उक्त टुर्नामेन्टमा स्कुलका खेलाडी अमृत बस्याल उच्चतम गोलकर्ता भएका थिए भने उपेन्द्र बोहरा सर्बोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।
सोही प्रतियोगितामा सर्बोत्कृष्ट गोलरक्षकका रुपमा का गोलरक्षक सुजन घर्ती मगर पुरस्कृत भएका थिए । फुटसल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २०,००० ट्रफी, मेडल, दृतीय पुरस्कार नगद रु १०,००० ट्रफी, मेडल, तृतीय पुरस्कार नगद रु ५००० ट्रफी, मेडल, सर्टिफिकेट तथा उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्चतम गोलकर्ता लाई रु २००० हजारका दरले नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्रदान गरिएको थियो । उक्त कार्यक्रम २०८० ०५ ३० गतेबाट सञ्चालन भई असोज ०३ गते समापन भएको थियो ।

पुरस्कार बितरण समारोहका प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनको उपस्थिति रहेको थियो र बिशेष अतिथिमा काठमाडौं महानगरपालिकाका विद्यालय निरिक्षक मोतिराम खनाल रहनुभएको थियो । कार्यक्रम उक्त विद्यालयको संचालक समिति सदस्य भावना खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । समापन समारोहमा सभाध्यक्षको भुमिकामा रहनुभएका उक्त विद्यालयका प्रिन्सीपल गोपाल महतले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सद्भाव राख्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दे कार्यक्रम मत्रीपूर्ण र भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले सम्पूर्ण अतिथिलाई आभार व्यक्त गर्नुभयो र यस्ता प्रतियोगिताहरु प्रोलिफिक मा।विले आगामी दिनमा निरन्तर भईरहने कुरा व्यक्त गर्दे कार्यक्रम समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा रेफ्रिको भूमिकामा नेसनल रेफ्रि हरिश कार्की, नेसनल रेफ्रि रबिन बुढाथोकी, र बिद्यालयका रोशन श्रेष्ठ रहनुभएको थियो । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको खेल व्यवस्थापक सरोज न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको संयोजक त्यसै बिद्यालयका शिक्षक धीरेन्द्र शाहीले गर्नुभएको थियो ।

S
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #प्रोलिफिक स्कुल, #फुटसल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्