शिक्षकलाई मेयर बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्याउनेलाई कारबाही हुन्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो असहमति भए पनि पढाइमा अवरोध नपुर्याउन शिक्षकहरुलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मेयर शाहले पठनपाठनमा अवरोध पुर्याए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनु होला । यस्ता अवरोध पुर्याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’
उनले काठमाडौंको शिक्षा नीति र जुम्लाको शिक्षा नीति फरक हुने पनि जनाएका छन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्