१६.२६ अंकले बढ्यो सेयर बजार, १ अर्ब १७ करोडको कारोबार
काठमाडौ, २ असोज । सेयर बजारमा सुधार देखिएको छ । मंगलबार नेप्से सूचक १६.२६ अंकले बढेर १९८५.४३ विन्दुमा आएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । होटेल र ट्रेडिङ बाहेक बाँकी सबै समुह बढेका छन् । हाइड्रोपावर समूहमा सबैभन्दा बढी तेजी आएको छ । यो समूह ३.२१ प्रतिशतले बढेको हो ।
नेप्से सूचकसहित अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बजार निकै तल्लो विन्दुमा आउँदा सेयर मूल्य सस्तो भएको छ । यही बेला लाभांशको सिजन पनि सुरु भएको छ । सस्तो मूल्यमा लाभांशसमेत हात पार्न सकिने भएकाले लगानीकर्ताले सुस्त गतिमा भए पनि सेयर खरिद गर्दै जाने अनुमान गरिएको छ ।
यस दिन २७२ कम्पनीको ४३ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल्स होटेल्स र एनआइसी एसिया बैंक परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्