सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको सेवा प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या आउँदा दुई घण्टा सेवा प्रभावित भएको छ । सर्भरले काम गर्न नसक्दा उडानका लागि पुगेका यात्रुले सास्ती बेहोर्नुपर्यो ।
अध्यागमन विभागका निर्देशक खिमराज भुसालले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट उपलब्ध हुने सर्भरमा समस्या आएको हो । कम्प्युटरले काम गर्न नसकेपछि कागजी विवरणकै आधारमा यात्रुलाई पठाइएको विभागले जनाएको छ ।
अध्यागमनका कर्मचारीले हातले लेखेर भिसासम्बन्धी सेवा दिएका थिए । १०स्३० बजे बिग्रिएको सर्भरले १२स्३० बजेसम्म काम गरेको थिएन । कसैको उडान नछुटेको तर केही ढिलाइ भएको विभागले जनाएको छ । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवानालगायत राहदानीसँग सम्बन्धित काममा ढिलाइ भएको थियो ।
उता राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रको सर्भरबाट नभई विभागकै प्राविधिक समस्या भएको दाबी गरे । विमानस्थलको यसअघि पनि सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको थियो । सर्भरमा समस्या दोहोरिने गरे पनि समाधानका लागि सरकारले खासै प्रयास गरेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्