एनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारी
क्यानडा,गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकि छन । एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन । उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकि छन ।
गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन । केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन ।
लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताऊछिन । विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनआरएनए, #देविका केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्