नारीहरूलाई लक्ष्मीका रूपमा पुज्दै रमाउने अवसर दिनु पर्ने : अमन मास्के
प्रदेश संसद तथा नेकपा एमालेका युवा नेता अमन मास्केले नारीहरूलाई लक्ष्मीका रूपमा पुज्दै रमाउने अवसर दिनु पर्ने बताउनु भको छ ।
नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा ब्लु बेरी मिडियाको प्रस्तुतिमा सजिलो पत्र अनलाईन मिडियाद्वारा आयोजित कार्यक्रममा प्रदेश सांसद मास्केले सो धारणा ब्यक्त गर्नुभएको हो ।
सनातन संस्कृतिअनुसार महिला मातृदेवता हुन् । सनातन संस्कृतिले सम्पूर्ण महिलालाई माताका रूपमा स्थापित गरेर उच्च सम्मान प्रदान गरेको छ । महिलाहरू पुरुषका भोग्या होइनन् बरु सदैव वन्दनीय एवं पूजनीय हुन्छन् भनेर सनातन संस्कृतिले महिलाप्रति हार्दिक आदर प्रकट गरेको छ । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र बाबुभन्दा हजार गुना बढी भएको कुरा उल्लेख गर्नुभएको हो ।
घर जग्गा कम्पनी लिमिटेडको समन्वय रहि आयोजित कार्यक्रम ‘तीज फोटो प्रतियोगिता २०८०’ काठमाडौं स्थित मनमैजु पुलमा रहेको ओबिसी क्याफेमा सम्पन्न भएको हो ।
सजिलो पत्रका अध्यक्ष राधेश्याम फुयाल शर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य अमन मास्के प्रमुख अतिथी र कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला विशेष अतिथी रहनुभएको थियो।
कार्यक्रममा तिज फोटो प्रतियोगितामा प्रथम हुने सिता पुरी ,दोश्रो हुने संगीता औजि,तेस्रो हुने सुनिला लिङ्देन र सान्त्वना पुरस्कार विजेता आरती पाण्डे,सुस्मिता ढकाल ,बिनिता शर्मा,बिन्दु काफ्ले र मनिशा ठकुरीको नाम घोषणा गरिएको थियो।
उपस्थित विजयीलाई चेक हस्तान्तरण गरिएको थियो भने अनुपस्थितलाई उसैको नाममा बैंकमा रकम दाखिला गरिने सजिलो पत्रका अध्यक्ष राधेश्याम शर्मा फुयालले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न तहका पदाधिकारीहरू, आयोजक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रायोजकहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। तिज फोटो प्रतियोगितामा गोदावरी होटेल(टौखेल),कान्तिपुर मल,मनकामना ओपन स्कुल,ॐ शिवपुरी वचत,रामचन्द्र हाउजीङ् एण्ड ल्याण्ड डेभलपर्स,जग्गा जमिन,काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड ,डिसिआर कन्सल्टेन्सी प्राईभेट लिमिटेड ,शु ल्याण्ड,पालज्ञा होटल,विदुर ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्राईभेट लिमिटेडको प्रायोजन रहेको थियो।
कार्यक्रममा युवा व्यवसायी अमिर राज गुरुङ् ,खगेन्द्र खड्का ,पुष्प मानन्धर ,सोशिम पुन र युजिना रियल स्टेटलाई सामाजिक कार्यमा पुर्याएको योगदानको लागि विशेष सम्मान गरिएको थियो।
सहयोगी नारी सम्मान अन्तर्गत तीन जना महिलालाई सारी प्रदान गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #अमन मास्के
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्