मौसम: आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू(भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू(भागको थोरै स्थान र बाँकी भूभागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
भोलि ९मंगलबार० कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थान र बाँकी भू(भागको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका केही स्थान, देशका बाँकी पहाडी भू-भागको थोरै स्थान र बाँकी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मौसम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्