माइलस्टोनद्वारा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । शैक्षिक क्षेत्रमा विशेष परिवर्तन ल्याउने अभिप्रायले स्थापना भएको संस्था एडुगार्डेनको संयोजन र माइलस्टोन युथ इङलिस स्कुलको आयोजनामा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा (Teachers’ Motivation for Transformation) कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँको कलंकीमा अवस्थित खाँडादेवी फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सम्पन्न सो कार्यक्रममा रामकोट, काठमाडौंमा संचालनमा रहेको माइलस्टोन युथ इङलिस स्कुलका शिक्षक-शिक्षिकाहरुको प्रत्यक्ष सहभागीता रहेको थियो। एडुगार्डेनका प्रमुख महेश घर्ती सहितको उपस्थिति रहेको कार्यक्रम प्रशिक्षक तथा शैक्षिक परामर्शदाता अशोक कुमार दाहालको प्रशिक्षणमा संचालन भएको थियो। कार्यक्रम संयोजक बिन्दु गिरिले आफ्नो मन्तव्य सहित सहभागी सम्पूर्णलाई स्वागत गर्नुभयो।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालयका संस्थापक तथा प्रधानाध्यापक शिवराम गिरिले यस्ता कार्यक्रमहरु विद्यालयमा बेलाबखतमा भइरहेको र यसले पनि थप उल्लेखनीय भुमिका खेल्ने बताउनुभयो। विद्यालयको संचालक समितिका अध्यक्ष बिनय गिरिले विद्यालयमा अभिभावक मुख्य केन्द्रमा रहने भएकोले अभिभावकको कुरालाई केन्द्रमा राखेर अघि बढनुपर्ने बताउनुभयो। संस्थापक तथा सहायक प्रधानाध्यापक दिनेश अधिकारीले शिक्षकहरुले जान्नै पर्ने कुराहरु उक्त कार्यक्रमबाट सिक्ने अवसर प्राप्त गरेकाले प्रशिक्षक अशोक कुमार दाहाललाई धन्यवाद दिनुभयो।
साथै शिक्षकहरुको तर्फबाट लेखापाल हरिशरण गिरिले पहिले जानकारी नै नपाइएका विषयवस्तुमा रहेर धेरै कुरा सिक्न पाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो। अत: एडुगार्डेनले देशव्यापी रुपमा शैक्षिक परामर्श, तालिम तथा स्कुल ब्रान्डिङ प्रोजेक्ट संचालन गर्दै आइरहेको छ। यसबाट सयौं संस्थागत तथा सामुदायिक विद्यालय लाभान्वित भइसकेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #माइलस्टोन युथ इङलिस स्कुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्