देशभरका स्वास्थ्य संस्था ठप्प
काठमाडौं । चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।
उपचारका लागि अस्पताल पुगेका बिरामीहरु गेटबाटै फर्कन बाध्य भएका छन् । चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्दा बिरामीहरुले ओपीडी सेवा नपाएका हुन् ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले नै मेलमिलापको बाहनामा घटनालाई निस्तेज पार्न खोजेको संघको आरोप छ । ती निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देशभरका स्वास्थ्य संस्था ठप्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्