साउदी लिग: अल नासरको लगातार चौथो जित
रियाद । साउदी अरबको प्रो लिग फुटबलमा अल नासरले लगातार चौथो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा नासरले १० खेलाडीमा सीमित अल रिडलाई ३-१ ले स्पब्ध पारेको हो ।
रिडको घरेलु मैदान किगं अब्दुल्लाह स्पोर्ट्स सिटीमा नासरलाई जित दिलाउन साडियो माने, टालिस्का र कप्तान क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे ।
अल नासरका लागि पहिलो हाफको इन्जुरी समयमा साडियो मानेले गोल गर्दै डेडलक तोडे । त्यसको एक मिनेटपछि डिफेन्डर ब्यान्डर वायसीलाई रातो कार्ड देखाइएपछि रिड १० खेलाडीमा सीमित भएको थियो । वायसीले मानेलाई फल गरेका थिए ।
४९ औं मिनेटमा ब्राजिलियन स्टार टालिस्काले गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । सुरुवाती दुवै गोलमा घनामले असिस्ट प्रदान गरेका थिए । ७८ औं मिनेटमा टालिस्काको पासमा रोनाल्डोले तेस्रो गोल गरे । रिडका लागि ८९ औं मिनेटमा मोहमद फोउजायरले पेनाल्टीमार्फत् सान्त्वना गोल फर्काए ।
नयाँ सिजनका सुरुवाती दुई खेल गुमाएको नासरले त्यसपछिका सबै चार खेलमा जित हासिल गरेको छ । नासर ६ खेलबाट १२ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #अल नासर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्