एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै
काठमाडौं, ३१ भदौ । एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि भारत र घरेलु टोली श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।
दुवै टिम एसिया कपमा सबैभन्दा सफल टिम हुन् । एसिया कपमा भारतले हालसम्म सातपटक उपाधि जितेको छ भने श्रीलंकाले छपटक उपाधि जितेको छ ।
आजको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
एसिया कपको सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
गत भदौ १३ गतेबाट सुरु भएको एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहेको थियो । पहिलो पटक एसिया कप खेलेको नेपाल समूह ‘ए’ मा रहेको थियो । नेपालको समूहमा भारत र पाकिस्तान रहेका थिए भने नेपाल दुवै टोलीसँग पराजित बन्दै एसिया कपबाट बाहिरिएको थियो ।
त्यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका थिए । अफगानिस्तान पनि समूह चरणबाटै बाहिरिएको थियो ।
सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेश पराजित बन्दै बाहिरिदा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्न लागेका हन् । यद्यपी सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #एसिया कप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्