प्रतिनिधि सभा बैठक बस्दै, नेम्वाङको निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराइने
काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजे बाट सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड ९च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने छन् ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम(२ रिक्त रहेको जानकारी गराउन लागिएको हो ।
नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो भने हिजो बिहीबारको प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित गरिएको थियो ।
आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधि सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्