शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
अस्ति मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको आज दिउँसो राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङ्ग प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य पनि रहनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजे पुनस् बस्नेछ । सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्