अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु
वासिंगटन डिसी, २६ भदौं । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ ।
अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ।
जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूको प्रश्नमा मौन रहेिदिएका छन । बाइडेनका प्रवक्ताले भने कि यो अनुसन्धान बाइडेनका राजनीतिक शत्रुहरूको काम हो।
अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूसँग भने, ‘उनीहरू ९रिपब्लिकन० ले राष्ट्रपतिमाथि अनुसन्धान गर्न पूरै वर्ष बिताए र कुनै प्रमाण फेला पारेनन्। राष्ट्रपतिले केही गलत गरेनन् ।’
जीन पियरेले थप भने, ‘रिपब्लिकनहरूसँग सदनमा पर्याप्त समर्थन पनि छैन। यो राजनीतिक षड्यन्त्र मात्रै हो ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जो बाइडेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्