लिबियामा बाढीबाट ५३ सय बढीको मृत्यु
एजेन्सी । लिबियामा आएको भिषण बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरिएको छ । बाढीले जनधनको ठूलो क्षति पुर्याएकोले उद्धार केन्द्रीत सहयोग आह्वान गरिएको हो ।
लिबियाको डेरना सहरमा सामुन्द्रिक आँधी पछिआएको बाढीवाट ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँका स्थानीय मन्त्रीका अनुसार बाढीमा परी १० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् ।
भीषण बाढीका कारण शहरका सडकहरु खोलामा परिणत भएपछि उद्दार कार्यमा कठिनाई भइरहेको छ । मृतकहरुको शवलाई सामुहिक चिहानमा पुर्नु परेको बीबीसीले जनाएको छ ।
आँधीका कारण शहरको अधिकांश भूभाग डुबेको छ । बाढीले डेर्ना शहरका दुई वटा बाँध र चार वटा पुल भत्काएको छ । आँधी र बाढीबाट प्रभावित लिबियामा विभिन्न देशहरुबाट सहायता आउने क्रम शुरु भएको छ ।
उद्दार र राहत वितरणमा लिबियाको विभाजित राजनीतिक अवस्थाले भने असहज अवस्था सृजना गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्