न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत
न्यूयोर्क, २७ भदौ । नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघ ९यूएन०को ७८औं साधारण सभालाई सम्बोधन गर्न अमेरिका पुगेका साउदलाई स्थानीय समय अनुसार मंगलबार राति ११स्३० मा एयरपोर्ट पुगेर स्वागत गरिएको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट बताए।
मन्त्री साउदलाई स्वागत गर्न संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, नेपाल कान्सुलेटका प्रतिनिधी, जनसम्पर्कका पदाधिकारी एवम् नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको बताइएको छ।
महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीले आफ्नो भ्रमणका बारेमा राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुसँग छलफल गरिसकेका छन्।
न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्