सेयर बजार ३९.४८ अंकले बृद्धि
२७ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।
७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । तेस्रो सातापछि अर्थात बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।
बुधबार सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बुधबार २७५ धितापत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्