रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना
काठमाडौं, २७ भदौ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौं आइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस रामेछापकै भलायखर्कमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा रामेछाप सुनपाती गाउँपालिका–२ का ५० वर्षीया मैच्याङ तामाङ त्यस्तै सोही गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा, ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालक विस्वास बिसंखे घाइते भएका हुन् ।
बसमा ७० जना सवार थिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको छ । बस अनियन्त्रित भएर सडकै पल्टिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्