राजा फर्काउन राजधानीमा राप्रपाको जुलुस
राजसंस्था फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा आन्दोलनमा उत्रिएको छ । राजसंस्थाको पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा माहोल बनाउन सो पार्टीले आज काठमाडौंमा प्रदर्शनसहित विरोधसभा गरेको हो ।
भृकुटीमण्डपमा आयोजित विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । सभाअघि अध्यक्ष लिङ्ग्देनको नेतृत्वमा जुलुस निस्किएको थियो । जुलुसमा उपाध्यक्ष बुद्धिमान तामाङ, बिक्रम पाण्डे, सांसद दिपक बाहादुर सिंह, ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुर मोहन श्रेष्ठ, महिला संगठनका अध्यक्ष अञ्जना शाह रावललगायत सहभागी थिए ।
हजारौँको संख्यामा जुलुसमा उपस्थित राप्रपाका कार्यकर्ताले ुराजसंस्था पुनर्स्थापित गरु, देशभित्रै रोजगारी व्यवस्था गरु, गणतन्त्र विदेशीको करिया हो ,संघियता भरिया होु गौवंस हत्या बन्द गरु, हिन्दुरास्ट्र कायम गरु, संघीयता खारेज गरु, राजसंस्था देशको सान होु, दलित शब्द खारेज गरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली, शहीदगेट, सुन्धारा, वीर हस्पिटल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको हो । अहिले बिरोधसभा चलिरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्