सुवास नेम्वाङको पार्थिव शरीर नीजि निवास बालुवाटार लगियो
काठमाडौं,२७ भदौ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालयबाट नीजि निवास बालुवाटार लगिएको छ । उनको शव नीजि निवासमा लगेपछि लिम्बू संस्कार अनुसार गर्नुपर्ने आवश्यक धार्मिक कार्यहरु गरिनेछ ।
मंगलबार हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मंगलबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । उनको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युष्टि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भावविव्हल हुँदै राष्ट्रिय भण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिन् ।
नेम्वाङलाई श्रद्धाञ्जली अर्पर्ण गर्न प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्माी ९मन्त्रिपरिषद्का अध्यक्ष० लगायत सबै पार्टीका नेता तथा कार्यकर्ताहरु एमाले मुख्यालय च्यासल पुगेका थिए ।
नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्