ढाकाकुमारको अभिव्यक्तिविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी एक्सनमा, प्रमाण ल्याउन चुनौति
काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।
ढाकाकुमार रास्वपाबाट निस्काशित पूर्व सांसद् हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडिओ बाहिरिएपछि उनलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । ढाकाकुमारले केही दिनअघि रास्वपाको कोर टिमको खुलासा गरेका थिए ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा उनले आफूलाई मन्त्री बनाइदिने भन्दै पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत तीन करोड माग भएको बताएका थिए ।
ढाकाकुमारको उक्त अभिव्यक्तिलाई लिएर रास्वपाले आज विज्ञप्ति जारी गरेको छ । पार्टीले पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गरिरहेको बताउँदै रास्वपाले पार्टीको छविमा आँच पुर्याउने मनशायले फैलाइएको भ्रममा नपर्न आग्रह गरेको छ ।
‘‘।बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’– विज्ञप्तिमा भनिएको छ ।
पार्टीका पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ढाकाकुमार श्रेष्ठ, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्