गुल्मपति पण्डितको शव हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सम्पर्कविहिन भएको १७ दिनपछि फेला परेको नेपाली सेनाका गुल्मपतिको शव काठमाडौं ल्याउन थालिएको छ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याउन थालिएको हो ।
गत भदौ १० गतेदेखि बेपत्ता गुल्मपति पण्डितको शव दुनैबाट १८ किलोमिटर पश्चिम ठूलीभेरी नदीबीच ठूलो ढुङ्गाको चेपमा फेला परेको थियो । अनुहार नचिनिने अवस्थामा फेला परेको शव औंठी र घडीको आधारमा पहिचान भएको हो ।
त्यस्तै, रुकुममा पनि एक जना सिपाहीले हिजो आत्महत्या गरेका छन् । सिपाहीले ब्यारेकभित्रै आफ्नै घाँटी रेटेको बताइएको छ । उनको पनि शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #विमल पण्डित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्