क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पेशी असोज १ गते, अन्तिम फैसला आउन सक्ने
काठमाडौं, २८ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी असोज १ गतेका लागि तोकिएको छ ।
यसअघि गत भदौ २१ गतेको सनुवाईमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको हाल बसाई सर्नुअघिको स्थानीय तहबाट किशोरीको जन्ममिति खुल्ने कागजात मगाउन आदेश दिएको थियो ।
हाल किशोरीको परिवार बसोबास गरिरहेको स्थानीय तहमा अन्यत्रैबाट बसाई सरेर आएका हुन् । किशोरीका जन्ममिति फरक फरक पाइएपछि अदालतले बसाई सर्नुअघिको स्थानीय तहको कागजातमा वास्तविक जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन आदेश दिएको हो ।
यस्तै किशोरीकी आमाको पनि जन्ममिति विवादित देखिएपछि आमाको पनि जन्ममितिसम्बन्धी कागजात अदालतले माग गरेको हो । स्थानीय तहबाट किशोरीको जन्ममिति सहितको कागजात अदालतमा पुगेकाले १ गतेका लागि पेशी तोकिएको हो ।
सम्भवत सोही दिन अन्तिम फैसला आउन सक्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्