एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन
काठमाडौँ , परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद को अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन गरिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सदस्य रहेका छन् ।
यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर, नीति, योजना विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत सदस्य रहेका छन ।
गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १६ देखि २० तारिख सम्म काठमाण्डौं हुदैछ । सो सम्मेलनमा करिब ६० देशका ४ हजार २ सय भन्दा बढी प्रतिनिधिहरु रहेपनि यसपटक ४०५ मात्रै प्रत्यक्ष भाग लिने र अन्यले अनलाइन भोटिङका माध्यमबाट मतदान गर्नेछन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनआरएनए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्