‘नाडा अटो शो’ को १५ औं संस्करण सुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान सहित गाडीहरूको कुम्भ मेला ‘नाडा अटो शो’ को १५औँ संस्करण मंगलबारदेखि सुरु भएको छ । झकिझकाउ बनेको भृकुटी मण्डप परिषरमा यसपटक नयाँ ब्रान्ड र मोडलका सवारीसाधन प्रमुख आकर्षण बन्ने देखिन्छ ।
धेरै गाडी बिक्रेताहरूले यहि नाडा अटो शो–२०२३ का लागि सवारीसाधनको मर्मतसम्भारसँग सम्बन्धित विभिन्न कम्पोनेन्ट्सहरुले पनि मेलमा सहभागीता जनाएका छन् ।
शो का लागि स्टल निर्माणमा मात्रै २० करोड रुपैयाँ खर्च गरिएको छ। विभिन्न ब्रान्डका सवारी साधन तथा यसका पाटपूर्जा बिक्रेताले भाग लिने अटो शोमा एउटा स्टल बनाउन ७५ लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।
तीन वर्षपछि आयोजना शोमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको स्टल रहनेछन् । अटो शोमा ग्राहकलाई आकर्षण गर्न ठूला गाडी बिक्रेताको हालीमुहाली छ । टाटा, बीवाइडी, सुजुकी, हुन्डाई, महिन्द्रा, फोर्ड जस्ता कम्पनीहरूले स्टल डेकोरेसनमा धेरै खर्च गरिरहेका छन् ।
टाटा, हुन्डाई, सेरेस, ओरा, फोर्ड, बिवाइडी, नेटा–भीे स्टल, टाटा, महिन्द्रा, सुजुकी, बिवाइडी, निसान, हुन्डाई र एमजी जस्ता कम्पनीले स्टलमा ठूलो खर्च गरेका छन् ।
नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्ब हाराहारीमा रहँदै आएकोमा झन्डै ४० प्रतिशत हाराहारी दशैं तिहारमा बिक्री हुन्छ । यसरी कारोवार हुने अधिकांश सवारीको बुकिङ नाडा अटोशोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्ब हराहारीको कारोवार हुने अनुमान गरेका नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष धु्रब थापाले बताएका छन् ।
अटो शोमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक तथा शिखर इन्स्यारेन्सले सहभागिता जनाएका छन् । बैंकहरूको यो सहभागिता अटोमोबाइल्स क्षेत्रमा बैंकहरू पनि लगानी गर्न उत्सुक रहेका छन् भन्ने हो ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #‘नाडा अटो शो’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्