सिकाइ परिणाम हासिल गर्न विज्ञहरुको जोड
काठमाडौं । शिक्षाका क्षेत्रमा क्रियाशील विज्ञहरुले उपयुक्त सिकाइ परिणाम हासिल गर्न नागरिक नेतृत्वमा हुने मुल्याकन तथा पैरवीमा जोड दिएका छन् । हालै राजधानीमा आयोजिक एक कार्यक्रमका अवसरमा शिक्षामा सवैको पहुँचका लागि बालबालिकाको प्रारम्भिक उमेरदेखि नै उनीहरुको शिक्षामा जोड दिनु पर्ने सुझाव दिएका छन् ।
विज्ञहरुले सरकार तथा गैरसरकारी क्षेत्रले विकास गरेका विभिन्न विधि तथा औजारहरुको नागरिककै अगुवाइमा हुने मूल्याङ्कनको प्रभावकारी उपयोगले मात्रै खोजेको परिणाम हासिल हुने पनि बताएका छन् ।
बालबालिकाको मुल्याङ्कन कितावी सिकाइलाई मात्र आधार मानेर गरिन नहुने बरु व्यवहारिक ज्ञान र जीवनोपयोगी सीपलाई पनि गणना गर्नुपर्ने सिकाइको मूल्याङ्कन गर्दै शैक्षिक उपलब्धीमा त्यस्ता कुरा आउनुपर्ने पनि विज्ञहरुको जोड रहयो । कार्यक्रममा विविधतामा आधारित देश भएको बताउँदै डा मिनाक्षी दाहालले भाषा, सस्कृति र भुगोललाई छुने गरि तयार भएका पाठ्यक्रमले मात्र सिकाइ गुणस्तीय बन्ने उल्लेख गर्नभयो ।
स्ट्रीट चाइल्ड अफ नेपालका राष्ट्रिय निर्देशक क्षितिज बस्नेतले सहजीकरण गर्नु भएको उक्त प्यानल छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका पुर्व कार्यकारी अध्यक्ष डा बिष्णुराज उप्रेती, प्रारम्भिक बालविकस विज्ञ डा मिनाक्षी दाहाल एव युनिसेफका शिक्षा विज्ञ वैशाली प्रधान, काठमाडौ विश्वविद्यालयका एशोसियट प्रोफेसर प्रकाशचन्द्र भट्टराई सहभागी हुनुुहुन्थ्यो ।
नेपाल सहभागित कार्य समूह (नेपान) को २९ औं साधारण सभाका अवसरमा संयुक्त रुपमा आयोजित उक्त शैक्षिक बहसमा नेपालको गुणस्तरीय शिक्षाका लागि विभिन्न सरोकारवालाहरुले लिनपर्ने कदमका बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रममा झण्डै एक सय जति सहभागीहरुले भाग लिएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल सहभागित कार्य समूह (नेपान), #स्ट्रीट चाइल्ड अफ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्