Techie IT
सोमबार, कात्तिक २४,२०८३

सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सव स्थगित


काठमाडौं । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।

मंगलबार बिहान नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । मंगलबार दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

गत आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्